बाराको निजगढ नगरपालिका–९ की एक महिलाले लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम प्यान्सी पसल सञ्चालन गर्दै आईरहेकी निलु नामले परिचित मनिला गौतमले दर्जनौँ महिलासँग लाखौँ रुपैयाँ सापटी लिएर फरार भएकी हुन् ।

फरार ३३ वर्षिया महिला गौतमले विभिन्न महिलाहरुसँग थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनको लागि पैसा आवश्यक परेको भन्दै रकम मागेको पीडित महिलाहरु बताउँछन् ।

जग्गा किन्न रकम अपुग भएको भन्दै आफुसँग ४ लाख ५० हजार मागेको निजगढ ७ बस्ने स्मीता रिमालले जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको निवेदनमा उल्लेख छ ।

यस्तै गौतमले अन्य कयौं महिलाहरुलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर लाखौँ रकम असुल गरी फरार भएको पिडितहरूको भनाई छ । गौतमले छिमेकी तथा आफन्तसंग विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिईको बताईएको छ । अधिकांशले कागज नगरी उनलाई रकम दिएका छन् ।

गौतमले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने, थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित निजगढ ९ बस्ने अरुणा सुबेदीको पत्रमा भनिएको छ । टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने रकम अपुग भएको भन्दै गौतमले १८ लाख रुपैया सापटी लिईको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा गौतम सहित ३७ वर्षिय उनका पति पप्पु नामले परिचित भुवन भण्डारी, ३८ वर्षिया उनकी जेठानी गिता कटुवाल र ४१ वर्षिय उनका जेठाजु रमेश भण्डारी विरुद्ध जाहेरी समेत परेको छ । यता प्रहरीले फरार रहेका व्यतmीहरुको खोजी गरिरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय