काठमाडौं तराई–मधेश द्रूतमार्ग सडक फास्टट्रयाक आयोजनाका लागि नेपाली सेनाले कर्मचारी माग गरेको छ । नेपाली सेनाले सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञ सहित १७ जना कर्मचारीका लागि आवेदन मागेको हो ।

आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्त्री, वातावरणविद्, बायोइन्जिनियर र इन्जिनियर लगायत पदका लागि कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने जनाईएको छ । आफ्नो बायोडाटा सहित निवेदन इमेल वा भौतिक रुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने जनाइएको छ ।

यो जनशक्तिले नेपाली सेनासँग समन्वय गरी योजना र निर्माणलाई समयमै सम्पन्न गर्न भूमिका खेल्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय