जिल्ला प्रशासन कार्यालय बाराले हिजो निजगढका पसल र व्यवसायमा अनुगमन गरेको छ ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य नेतृत्वको टोलीले निजगढमा ६ वटा पसल र २ अन्य व्यवसायको अनुगमन गरेको हो ।

टोलीले पसलामा बिक्रीको लागि कानुन विपरीत राखिएका म्याद गुज्रेका र लेबल नभएका गुणस्तरहीन र अखाद्य सामग्री जफत गर्नुको साथै त्यस्ता व्यवसायीहरुलाई नगद जरिवानासमेत गरेको छ ।

अनुगमनको क्रममा म्याद गुज्रेको पेय पदार्थ बिक्रीको लागि राखेको पाइएपछि जफत गर्नुको साथै जरिवाना तिराएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा एवंम अनुगमन टोलीका सदस्य रत्न स्याङ्गतानले जानकारी दिए । उनका अनुसार टोलीले निजगढ ९ स्थित पिरु फाउण्डेशन र निजगढ ७ को निता फाउण्डेशनको सुधार गृहमा पनि अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग कार्यालय, निजगढ नगरपालिका र निजगढ उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय