निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन प्रसाद कोइराला तथा उनका परिवारले स्वर्गिय आमा सीता (प्रेम कुमारी) कोइरालाको सम्झनामा मानव कल्याण समाज निजगढलाई सहयोग गरेका छन् ।

आमाको सम्झनामा छोरा सुदर्शन प्रसाद कोइराला, ईश्वरी प्रसाद कोइराला र सागर कोइरालाले निजगढ ४ स्थित मानव कल्याण समाजका मानिसलाई १० किलो स्याउ, ५ केजी अङ्गुर, पिठो, चामल, कपडा र नगद ८ हजार ६ सय ५० सहयोग गरेका छन् ।

सामाजिक सेवामा क्रियाशिल रहेको कोइराला परिवारले आमाको नाममा मानव कल्याण समाजलाई सहयोग गरेको हो ।

मानवसेवा भन्दा ठुलो अरु कुनै सेवा छैन्, सुदर्शन प्रसाद कोइरालाले भने, फजुल खर्च गर्नु भन्दा यसलाई मानव हितमा खर्च गर्दा राम्रो हुन्छ । उनले सहयोगको अवसर प्रदान गर्ने मानव कल्याण समाजप्रति हृदय देखि आभार समेत व्यक्त गरे ।

उक्त अवसरमा मानव कल्याण समाजमा कोइराला परिवारका सदस्य कादम्बरी कोइराला, दुर्गा कोइराला, गिता कोइराला लगाएत सम्पुर्ण कोइराला परिवारको उपस्थित रहेको थियो ।

यता मानव सेवाको लागि कोइराला परिवारले गर्नु भएको सहयोग र दिनु भएको साथ अतुलनिय रहेको भन्दै मानव कल्याण समाजका सदस्य तथा संरक्षक होम बहादुर खड्काले धन्यवाद व्यक्त गरेका छन् ।

मानव कल्याण समाजमै पुगेर कोइराला परिवारले सहयोग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय