संघीय खानेपानी मन्त्रालयको टोलीले निजगढ नगरपालिकामा नाला तथा ढल निर्माणको लागि अध्ययन सुरु गरेको छ ।

एशियाली विकास बैङ्कको सहयोगमा संचालित सहरी खानेपानी तथा ढल प्रणाली निर्माण टोलीले हिजोबाट निजगढका विभिन्न स्थानमा नाला निर्माणको लागि अध्ययन सुरु गरेको हो ।

नगरपालिका कार्यालयको अनुरोधमा नाला निर्माणको लागि छनौटमा परेपछि मन्त्रालयको प्रविधिक टोली प्रारम्भिक अध्ययनको लागि निजगढ आएको हो ।

परियोजनाका इन्जिनियर अमलेन्द्र यादव र इन्जिनियर रमेश शर्माले निजगढ नगरपालिका वडा नम्बर ८ र ९ का विभिन्न स्थानको स्थलगत अध्ययन गरेको थियो ।

यादवले निजगढ नगरपालिका पनि आयोजना संचालनको लागि छनौट प्रकृयामा रहेको र सोको लागि आवश्यक अध्ययन गरेर तथ्याङ्ग संकलन गरिने बताए ।

टोलीले आज वडा नम्बर ६ र ७ मा पनि नाला निर्माणको लागि स्थलगत अध्ययन गर्ने बताइएको छ ।

टोलीमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा सदस्य बबिता श्रेष्ठ, निजगढ खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष सुदर्शन कोइराला र नगरपालिकाका प्राविधिकहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय