
बारा जिल्ला दुग्ध सहकारी संघ लिमिटेडको शनिबार निजगढमा सम्पन्न चौथो बार्षिक साधारण सभाले पुरुषोतम भट्टराईको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ ।
साधारण सभाले बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड निजगढ– ६ बाराका सन्चालक समितिका सदस्य समेत रहेका भट्टराईको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी संघको उपाध्यक्षमा उध्यमशीसल युवा कृषि तथा दुग्ध सहकरी सस्थाका ब्यबस्थापक थानेश्वर पहाडी, सचिवमा डुमरवाना दुग्ध उत्पादक सहकारी सस्थाका उपाध्यक्ष रमेशचन्द्र घिमिरे र संघको कोषाध्यक्षमा जयकालिका दुग्ध उत्पादक सहकारी सस्था लि.का अध्यक्ष दिपलक्ष्मी खरेल र सदस्यहरुमा अनुप सुवेदी, कृष्णप्रसाद अधिकारी, लेखनाथ खनाल र ज्ञानबहादुर खड्का सर्वसम्मत चयन भएका छन ।
समितिमा रिक्त एक सदस्यको भने पछि मनोनयन गरिने बताइएको छ ।
साधारण सभाले सन्तोषकुमार भुजेलको संयोजकत्वमा कन्चन मैनाली र गङा खनाल सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ ।
साधारण सभा हुन नसक्दा लामो समयदेखि निष्कृय रहेको संघको तेश्रो साधारण सभाबाट निर्वाचित सचिव थानेश्वर सापकोटाको सक्रियतामा संघको चौथो साधारणसभा सम्पन्न भएको हो ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख अतिथ्यतामा भएको सो सभाको अध्यक्षता संघकी कोषाध्यक्ष लक्ष्मी गौतमले गरेकी थिईन ।
कार्यक्रमको सन्चालन सचिव सापकोटाले गरेका थिए भने स्वागत मनत्व्य डुमरवाना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष टिकाराम न्यौपानेले गरेका थिए ।
साधारण सभाले संघका सचिवसापकोटाद्वारा प्रस्तुत ७ वर्षको लेखा परीक्षण प्रतिबेदन तथा सस्थागत प्रतिबेदन सर्वसम्मत पारित गरेको छ ।