मानव कल्याण समाजले सोमबारबाट निजगढमा सडकमानवको उद्धार सुरु गरेको छ ।

समाजले निजगढ नगरपालिका वडा नम्बर ३, ४ र ७ बाट मानसिक अवस्था सुस्त रहेका ३ जना सडकमानवको उद्धार गरेर निजगढ नगरपालिका वडा नम्बर ४ स्थित चारघरे टोलमा स्थापना गरिएको सेवाघरमा राखेको हो ।

निजगढमा सेवाघर संचालनमा आएलगत्तै सडकमानवको उद्धार सुरु गरिएको हो ।

समाजले स्थानीय होमबहादुर खडकाले निःशुल्क उपलब्ध गराएको घरमा आइतवारदेखि सेवाघर संचालनमा ल्याइएको छ । समाजकी अध्यक्ष सुमित्रा चौलागाईले दिएको जानकारी अनुसार नाम, थर र ठेगाना खुल्न नसकेका ३ जना मानसिक अवस्था कमजोर रहेका पुरुषको हिजो दिउसो उद्धार गरिएको हो ।

वडा नम्बर ३ बाट उद्धार गरिएका अन्दाजी ३० बर्षिय पुरुषले भने अफ्नो घर भारत भएको बताएको उनले जानकारी दिईन । चौलागाईले वडा नम्बर ४ बाट उद्धार गरिएका करिव ५५ बर्षिय पुरुषको अवस्था सामान्य रहेपनि नाम, थर र ठेगाना बताउन नसकेको बताईन ।

त्यसैगरी वडा नम्बर ७ मा फेला परेका पुरुषको अवस्था भने केही कमजोर रहेको बताइएको छ । बेवारिसे अवस्थामा उद्धार गरिएको उनीहरुलाई सेवाघरमा आवश्यक स्याहारसुसारसहित राखिने बताइएको छ ।

भक्तपुरमा मुख्य कार्यालय रहेको संस्थाले विभिन्न कारणले सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टप्रद जीवन बिताउदै आएका असक्त, अनाथ, अपाङ्ग, मनोरोगी र बेवारिसे मानिसहरुको उद्धार गरेर उनीहरुको खाना, बास स्थान, शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रबन्ध गर्दै आएको छ ।

सेवा घरमा राखिएकाहरुको अवस्थामा सुधार आएपछि उनीहरुलाई घर परिवारको जिम्मा लगाइने पनि अध्यक्ष चौलागाईले जानकारी दिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय