निजगढमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको निजगढ नगर कमिटीको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो ।

फागुन ७ गते प्रजातन्त्र दिवसका दिन निजगढको शहिद चोकमा रक्तदान कार्यक्रम हुन लागेको आयोजक राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष घनश्याम तिमस्सिनाले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम विहान ७ बजेदेखी सुरु हुने छ ।

दिन प्रतिदिन रगतको माग बढ्दै गएकाले त्यसको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको तिमस्सिनाले बताए ।

राजनीतिक अस्थिरताकाविरुद्ध खबरदारी अभियानसँगै निरन्तर रक्तदान कार्यक्रम, क्रियाशिल कार्यक्रम र अभियानमा अग्रपंक्तीमा रहेको युवा संघ नेपालले रक्तदान कार्यक्रम, हजारौं मानव साङ्लो र हजारौं संख्यामा एकै पटक वृक्षारोपण कार्यक्रम गरेर चर्चा बटुलेको थियो । यस्तै गतिविधिका कारण पछिल्लो समय युवा संघप्रति युवाहरुको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय