पश्चिम नेपालको नेपालगन्जमा साईकल राईडर कार्यक्रममा सहभागी हुने निजगढको राइडर्स टोलीलाई हिजो निजगढ नगरपालिका कार्यालयबाट विदाई गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग निजगढ राईडर क्लबको ११ सदस्यीय टोलीको विदाई गुर्नभएको भएको हो ।

उपप्रमुख थिङ्गले साइकल यात्रीलाई टीका र साईकल राईडर गर्दा प्रयोग गर्ने हेल्मेट प्रदान गरेर विदाई गर्नेभएको थियो । यहि माघ २७ र २८ गते नेपालगन्जको ठाकुरव्दारामा हुन लागेको अन्तर्राष्टिय साइकल यात्रीहरुको राइर्डस भेलामा मधेश प्रदेसबाट प्रतिनिधित्व गर्दै निजगढको टोली त्यसतर्फ लागेको हो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाललगायत जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र क्लबका पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय