केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित बनेका छन । केराको पात पहेलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरुमा चिन्ता बढन थालेको हो ।

रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरुले बताएका छन । यो रोग पहिलेदेखि केरा खेती गरिएको जमिनमा कम देखिएको भएपनि नयाँ खेतीमा भने प्रकोपको रुपमा देखा परेको किसानहरुले बताएका छन ।

रोग लागेर केरामा क्षति भएपनि लगानीसमेत नउठने देखेर किसानहरु चिन्तित बनेका छन । परमपरागत खेती गर्दै आएका सिंगौलका अधिकांस किसानहरु केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित बनेका थिए ।

सिंगौलमा हाल ८५ प्रतिशत किसानले केरा खेती गर्दै आएका छन । केही किसानहरुले भने अर्का जमिन भाडामा लिएर पनि केरा खेती गर्दै आएका छन । उनीहरुले प्रतिकठ्ठा ५ देखि ७ हजारसम्म बार्षिक रकम तिरेर खेती गर्दैआएको स्थानीय रामबाबु बुढाथोकीले बताए ।

केरा बिक्रीबाट सिंगौलमा मात्रै बार्षिक २ करोडभन्दा बढी रुपैया भित्रिने गरेको तर रोगले मर्न थालेपछि किसानलाई ठूलो क्षति हुने देखिएको अर्का स्थानीय किसान कमल गुरागाईले बताए । उनका अनुसार निजगढ नगरपालिका कार्यालयमा केरा विशेषज्ञ नहुँदा किसानले थप समस्या बेहोर्नुपरेको परेको छ ।

कृषि ज्ञान केन्द्र निजगढले निजगढ नगरपालिकाको निजगढ र सिंगौलको केहि भागमा केरा पकेट क्षेत्र घोषणा गरेको भएपनि कार्यालयले केरा किसानलाई खासै सहयोग गर्न नसकेको किसानहरुले गुनासो गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय