बलात्कार आरोप लागेका निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई जिल्ला अदालत बारा पु¥याइएको छ।

प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको हो । जिल्ला अदालतका एक न्यायाधीशको इजलासले सोमबार पहिलोपटक म्याद तोक्ने छ ।

सरकारी पक्षले पहिलो पटकका लागि २५ दिनको म्याद माग गर्ने तयारी गरेको छ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनी न्यायिक हिरासतमा रहेका छन्।

यसअघि जाहेरी दर्ता भएसंगै फरार रहेका वडा अध्यक्ष श्रेष्ठ हिजो प्रहरी नियन्त्रणमा आएका थिए पछि प्रहरीले पहिले पटक उनलाई अदालत लगिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय