नेकपा एमालेको बारा काठमाडौं सम्पर्क मन्चले हालै सम्पन्न निर्वाचनमा बाराबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भई निर्वाचन परिणाम आइसकेको सन्दर्भमा आज बारा काठमाडौं सम्पर्क मन्चले एमालेले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको हो।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा एमालेका केन्द्रीय अनुशासन आयोग अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य केशव बडाल रहेका थिए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल समेतको उपस्थितिमा भएको सो कार्यक्रम सन्चालन मधेस प्रदेश सम्पर्क कमिटी सदस्य दामोदर मैनालीले गरेका थिए ।

कार्यक्रममा पूर्व मन्त्री समेत रहेका पोलिटब्युरो सदस्य पौडेलले बारा एमाले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिएका छन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा लोकप्रिय मत सहित बारामा पहिलो भएको एमालेबाट प्रतिनिधि सभा सदस्यमा २ जना र प्रदेश सभामा ४ जना सदस्य निर्वाचित भएका छन् भने दुई जना समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनाली, बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह, बारा क्षेत्र नम्बर १ (१) का मधेश प्रदेश सभा सदस्य त्रीकोली प्रसाद चौधरी, बारा क्षेत्र नम्बर ३ (१) का मधेश प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठ, बारा क्षेत्र नम्बर ३ (२) का मधेश प्रदेश सभा सदस्य महम्मद समीर, बारा क्षेत्र नम्बर ४ (१) का मधेश प्रदेश सभा सदस्य देबनारायण चौधरी, समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित सदस्यहरु मन्जुकुमारी थापामगर र राजपती देवि जैसवाल, एमाले केन्द्रीय लेखा आयोग सदस्य बद्री प्रसाद भट्टराई, सहकारी तथा गरिबी निवारण बिभाग सदस्य टेकप्रसाद चौलागाईं, समाजकल्याण तथा सामाजिक सुरक्षा बिभाग सदस्य जग्दिस प्रसाद अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय