नेपाली काँग्रेस वडा कार्यसमिति निजगढ नगरपालिका ९ ले निजगढ नगरपालिका र ९ नम्बर वडा कार्यालयलाई ध्यानाकर्षण पत्र दिने तयारी गरेको छ । निजगढ नगरपालिका र ९ नम्बर वडामा बिभिन्न कार्य गर्नु पर्ने माग सहित वडा सभापती सागर तामाङले सो पत्र सार्वजनिक गरेका हुन ।

यत्र पत्रमा वडा नम्बर ९ मा निर्माण भएको लक्ष्मी नारायण मन्दिरको नाममा रहेको जग्गामा तिनै तहका सरकारले लगानीबाट जेष्ठ नागरिकका निम्ती निर्माण गरिएको भवनमा कृषि विकास बैंक रहेको हुदाँ सो भवनमा असहाय र जेष्ठ नागरिकका निम्ती प्रयोग गराउन माग गरिएको छ ।

यस्तै सो वडाभित्र नम्बरी र ऐलानी जग्गाको एकिन गरी ऐलानी जमिनलाई तारबार गरी सुरक्षीत गर्नुपर्ने, वडा भित्रका कुलोहरु सरसफाई गरि ढलान गर्नुपर्ने, खेलकुदको लागी रंगशालाको डिपिआर तयार परी व्यवस्थित रंगशाला निर्माण गनुपर्ने, सार्वजनिक ठाउँमा गुम्बा, पार्क र मन्दिरहरुलाई व्यवस्थित गनुपर्ने माग रहेको वडा सभापती तामाङले निजगढ न्यूजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय