निजगढ सुपरमार्टले ग्राहकहरूलाई लक्षित गरेर दशैं तिहार छठ पर्वको अवसरमा सञ्चालन गरिरहेको लक्की ड्रको बिजेता बिहिबार सार्वजनिक गरिने भएको छ । भोलि बिहान ८ बजे लक्की ड्रको बिजेता घोषणा गरिने भएको हो ।

उक्त लक्की ड्र योजना अन्तर्गत कपडा धुने मिसिन एक जनाले, पानी तताउने दुई जनालाई, राईस कुकर तिन जनालाई, हिटर, इस्त्री, पानी तताउने दुई लिटरको र किनमेल भाउचर पाँच जना ग्राहकले उपहार प्राप्त गर्नेछन् ।

लक्की ड्र बाट उपहार विजेताको घोषणा गरिने निजगढ सुपरमार्टका संचालक अमृत तिमिल्सिनाले बताए ।

निजगढ सुपरमार्टले भोलि बिहान ८ बजे सुपरमार्टमा लक्की ड्र घोषण हुने भएको हुदाँ ग्राहकहरुलाई सिरियल नम्बर भएको रसिद सहित प्रकाशित गरिएको सात दिनभित्रमा आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय