आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा बारा क्षेत्र नम्बर १ ‘क’ बाट मधेस प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले आइतवार निजगढमा चुनाव चिन्ह प्रर्र्दशन गरेका छन । उम्मेदवार श्रेष्ठले आफ्ना सहयोगी कार्यकर्तासहित निजगढ ८ स्थित बुद्ध चोकमा चुनाव चिन्ह जेब्रा अंकित ब्यानर र होडिङ्ग बोर्ड प्रदर्शन गरेका हुन ।

श्रेष्ठले आफ्नो चुनाव चिन्ह जेब्रा अंकित होडिङ्ग बोर्ड खोलेर चिन्ह प्रदर्शन गरेका थिए ।

उम्मेदवार श्रेष्ठको प्रस्तावक रहेका गोपाल लम्सालले नयाँ चिन्ह भएकोले सर्वसाधारण मतदातामा प्रचार प्रशारको लागि चिन्ह प्रदर्शन गरिएको बताए । उनले यसपालीको निर्वाचनमा दलहरुप्रति मतदाताको रुचीकम देखिएको र स्वतन्त्र उम्मेदवारलाई पक्षमा रहेको पनि बताए ।

यसैबीच श्रेष्ठले आइतवार नै चुनाव प्रचार संम्पर्क कार्यालय समेत संचालनमा ल्याएका छन । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित लायन्स चोकमा प्रचार कार्यालय स्थापना गरिएको हो ।
एमाले मधेस प्रदेश कमिटीको सदस्यसमेत रहेका श्रेष्ठले एमालेले प्रदेश सभा सदस्यको लागि भौगोलिक सन्तुलन नमिलाएर आर्थिक चलखेलको आधारमा टिकट वितरण गरिएको भन्दै पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय