निजगढ नगरपालिका वडा नम्बर– ९ स्थित श्री अन्नपुर्ण बहुउद्धेश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा आज होली एन्जल्स स्कुलमा सम्पन्न भएको छ ।

निजगढ नगरपालिकाका सहकारी बिभागका प्रमुख अजय उप्रेतीको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक ठाकुर प्रसाद लम्सालले प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरेका थियो ।

कार्यक्रममा अन्नपुर्ण बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा, उपाध्यक्ष गोपाल काजि श्रेष्ठ, सचिब जनक कुमार श्रेष्ठ, व्यवस्थापक दिपक लामा लगायतको उपस्थिती रहेको थियो ।

साधारण सभाको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले पेसागत हक हित र भालाईको लागि सहकारी संचालन गरेर सहकारीहरुले उदाहरणीय काम गरेको र सबै एकतावद्ध बनेर संस्थाको विकासमा लाग्नुपर्ने बताए ।

कार्यक्रमको संचालन सचिब जनक कुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय