निजगढको शहित चोक स्थित होटल राजमार्गले बडा दशैं बिषेश लाईभ म्युजिक गर्ने भएको छ । द दृष्टि र पनाम पथलैयाको म्युजिक पार्टनर रहेको यो लाईफ म्युजिक आज आईतबार साझ ६ बजे देखि हुन लागेको हो ।

वडा दशैंको शुभकामना आदन प्रदानका निम्ती कार्यक्रम गरिएको होटल राजमार्गका संचालक राजकुमार क्षेष्ठले जानकारी दिए ।

लाईभ म्युजिकमा द दृष्टि र पनाम पथलैयाको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

आयोजकका अनुसार सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने छ । कार्यक्रममा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ । विशेषगरी रेष्टुरेण्टमा क्रिस्पी चिकेन, क्रिस्पी फ्राइ चिकन, मःमः, चाउमिन लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन् ।

होटल राजमार्गमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गर्न हलहरुको ब्यवस्था छ । होटल राजमार्गमा भिआइपी रुम, एसी रुम, फेमेलि रुमलगायतको व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय