
निजगढमा रहेको गणेश सिनेमा हल रुपान्तरित गरि सुविधा सम्पन्न आरामदायी बनाएर पुनः सञ्चालनमा ल्याईएको छ ।
फिल्म क्षेत्रमा युवापुस्ताको प्रवेश सँगै फिल्मको गुणस्तरमा पनि वृद्धि भइरहेका बेला दर्शकलाई आरामदायी किसिमले फिल्म हेर्ने वातावरण बनाउनका लागि निजगढको एकमात्र सिनेमा हललाई परिर्वतन गरि सुबिधा सम्पन्न बनाएर सन्चालनमा आएको हो ।
सिनेमा हलमा २ सय ५० सिट क्षमता रहेको छ भने हलमा डिजिटल प्रविधि जडान गरिएको हलका प्रमुख बिपुल लामाले जानकारी दिए ।
सिनेमा हलमा आरामदायक सीट, फुल एयर कण्डिशन युक्त हल, फ्री वाईफाई, फुड काउन्टर र ९८४५३१४८५८ फोनबाट टिकट रिजर्भेसन बुकिङ सुविधा रहेको सिनेमा हलका प्रमुख लामाले बताए ।
हलमा चलचित्र हेर्नको लागि २ सय ५० र १ सय ५० तिर्नुपर्नेछ । पहिले तल्लाको २ सय ५० र भुई तल्लाको १ सय ५० कायम गरिएको छ ।