
निजगढ नगरपालिकाले ‘क’ वर्गका अपाङ्गाता भएका व्यक्तिहरुको लागि सुरु गरेको पोषणयुक्त खानेकुरा वितरण कार्यक्रम बिहीवार समापन भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ५ र ८ का अपाङ्गहरुलाई खाद्यान्न सामग्री वितरण गरेपछि कार्यक्रमको बिहीवार समापन भएको हो । गत मंगलवार वडा नम्बर १ सिगौंलबाट सुरु भएको सो कार्यक्रम अन्तर्गत नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग र प्रमुख प्रशासकीय अधिकृत सुमन धितालसहितको टोलीले नगरका सबै वडामा रहेका क वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई फलफूल र जुश जस्ता खानेकुरा वितरण गरेको थियो ।
नगरपालिकाबाट नगरप्रमुख र उपप्रमुखको टोली घरघरमै पुगेर पौष्टिक खानेकुरा वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिहरुका परिवारका सदस्य खुसी बनेको उपप्रमुख थिङ्गले जानकारी दिनुभयोे ।