संविधानसभाबाट संविधान जारी भएको ७ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

दिवसका अवसरमा सोमबार निजगढ नगरपालिकाले बिहान ८ बजे नगरपालिकाको कार्यालय परिसरमा सरसफाई गरेको छ । संविधान दिवसको अवसरमा निजगढ नगरपालिकाको झण्डालोत्तन समेत गरिएको छ ।

उक्त कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोम माया थिड, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, बिभिन्न वडा अध्यक्षहरु, निजगढ स्थित सुरक्षा निकायका प्रमुखहरु एवम् नगर कार्यपालिकाको कार्यालय, निजगढका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख पुरीले झण्डालोत्तन गरी नेपालको संविधानले सबै वर्ग, समुदाय, क्षेत्र, भाषाभाषीको हक अधिकारको संरक्षण, समानुपातिक समावेशीताको सुनिश्चिता गरी राष्ट्रिय एकतालाई दरिलो बनाएको बिचार ब्यक्त गरे । उनले संविधान दिवसको अबसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरे ।

यस्तै नगरपालिकाले साझ ५ बजे नगरपालिका परिसरमा दीप प्रज्वलन गरिने बताईएको छ ।

यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर