शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले सामुदायिक माध्यमिक विद्यालयहरुमा गरेको कार्य सम्पादन परीक्षणमा निजगढ ८ स्थित गौरीशंकर मावि बारा जिल्लामा उत्कृष्ट ठहरिएको छ ।

केन्द्रले देशभरिका ४ हजार ८ सय ६८ सामुदायिक माध्यमिक विद्यालयमा गरेको परीक्षणको क्रममा ७९.५७ अंकसहित गौरीशंकर मावि मध्यमस्तर हासिल गर्दै बारा जिल्लामा भने उत्कृष्ट ठहरिएको हो । देशभरिका विद्यालयहरुमा भने गौरीशंकरले १ सय ४४ औं स्थान हासिल गरेको छ ।

विद्यालयको भौतिक संरचना, समुदायको सहभागिता, शिक्षण सिकाइ क्रियाकलाप, शैक्षिक उपलब्धी, नेतृत्व व्यवस्थापन लगायत ८९ सूचकलाई आधार बनाएर केन्द्रले सामुदायिक विद्यालयहरुलाई उत्तम, मध्यम र कमजोर सुचिमा वर्गीकरण गरेको थियो ।

केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार निजगढ वडा नम्बर ६सडकटोलस्थित गौरीशंकर र सिमराको नेरामाविले पनि मध्यम स्तरको दर्जा पाएका छन । सिमराले ७१.७१ अंक प्राप्त गर्दा सडकटोलले माविले ७१.१५ अंक हासिल गरेको छ ।

केन्द्रको परीक्षणमा देशभरिका ६ वटा विद्यालय उत्तम, ७ सय ६८ वटा मध्यम, ४ हजार वटा सामान्य र ७१ सामुदायिक माध्यामिक विद्यालय भने कमजोर सूचिमा परेका छन । निजगढ ५ स्थित सार्वजनिक मावि मध्यम स्तरमा दर्ज हुन नसके पनि ६९.५२ अंकका साथ बारा जिल्लामा भने चौथों स्थानमा रहेको छ । बाराका ६ वटा माध्यमिक विद्यालय कमजोर र अन्य विद्यालय भने सामान्य सूचिमा परेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रले ४० भन्दा कम अंक ल्याउनेलाई कमजोर, ४० देखि ७० सम्म ल्याउनेलाई सामान्य, ७० देखि ९० अंक ल्याउनेलाई मध्यम र ९० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यालयलाई उत्तम सूचीमा राखेर वर्गीकरण गरेको हो । शिक्षा विभागको सहयोगमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रलेस्थलगत अध्ययनको आधारमा ६ वर्ष लगाएर देशभरिका सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण प्रतिवेदन २०७९ तयार पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय