निजगढ ६ सडकटोलमा निःशुल्क आँखा शिवर हुने भएको छ । श्री कृष्ण प्रणामी मन्दिर सडकटोलमा सोमबार निःशुल्क आँखा शिविरको आयोजना गरिने भएको हो ।

श्री कृष्ण प्रणामी युवा परिषद् निजगढको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको सहयोगमा भाद्र २७ गते निःशुल्क शिविर हुने भएको छ ।

भोलि सोमबार बिहान १० बजेदेखि दिउँसो २ः०० बजेसम्म शिविर सँचालन हुने श्री कृष्ण प्रणामी युवा परिषद् निजगढका सदस्य ईश्वर सापकोटाले जानकारी दिए । उनले नगरभित्रका आँखाका रोगी बिरामीहरुले निःशुल्क रुपमा आँखाको चेकजाँच हुनेहुदा निशुल्क आँखा शिविरमा सहभागी भई आँखा परिक्षण गराई लाभ उठाउन अनुरोध समेत गरेका छन ।

शिविरबाट करिब दुई सय जना लाभान्वित हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर