
नेपाल बुद्धिजीवी परिषद निजगढ नगरको प्रथम नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले मणिश्वर घिमिरेकोे अध्यक्षतामा ५२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा बालकुमारी सिंजाली, सचिव रमेश तिमल्सिना, कोषाध्यक्षमा राजकुमार सापकोटा, सहसचिवमा सतिसकुमार कर्ण र संगिता खतिवडा न्यौपाने रहेका छन ।
यस्तै सदस्यहरुमा युवराज घिमिरे, सविता पौडेल, सम्भुबहादुर भण्डारी, प्रेमप्रसाद बन्जारा, बच्चुराम लामिछाने, टेकेन्द्र प्रसाद घिमिरे त्यस्तगरि रितबहादुर तामाङ्ग, शिवराज शर्मा, अशोककुमार खुलाल, खिलबहादुर दर्लामी, हरि चौलागाई, चन्दन चौधारी, भोलाप्रसाद चौलागाई, भगवती खतिडा, विमला भसलान, श्रीहरि न्यौपाने त्यस्तैगरि अर्जुन पाण्डे, रमेश लामा, मनोज रेग्मी, लिला लामा, नविन खुलाल, जीवन गौतम, शर्मिला बुढाथोकी, गोविन्दप्रसाद खरेल, हरिवंश खतिवडा, सन्त ज्ञानी, उमेश स्वर्णकार, थानेश्वर सापकोटा, रामचन्द्र मंडाल, कुश बहादुर थापा, जगतबहादुर न्यौपाने, कृष्ण पण्डित, संगिता बम्जन, नवराज दाहाल, अमर स्याङ्गतान, साधुराम खरेल, भोलाप्रसाद घिमिरे, अमिर सिंङ्गतान, लोकनाथ अधिकारी, रामचन्द्र गुरो, पासनाथ कुवर, यसकुमार स्याङ्गतान, जमान सिंह घलान रहेका छन ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले सम्वोधन गरेका थिए । सम्वोधनको क्रममा एमालेका पोलिटव्युरो सदस्य पौडेलले बुद्धिजीवीहरु समाजको ‘थिङ्क ट्याङ्क’ भएको बताएका छन ।
उद्धाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले सो कुरा बताएका हुन । उनले बुद्धिजीवीहरुले समाज सुधार र विकासको लागि अध्ययन अुनसन्धान गरेर योगदान दिनुपर्ने बताए । नेता पौडेलले शैक्षिक प्रमाण पत्र हासिल गर्दैमा मात्र कुनै व्यक्ति बुद्धिजीवी हुन नसक्ने पनि बताए । उनले औपचारिक शिक्षा नलिका तर जीवन र जगतलाई बुझेका र समाजलाई परिवर्तनमा काम गर्नसक्ने सबै मानिसहरु बुद्धिजीवी हुन भने ।
नेपाल बुद्धिजीवी परिषद बाराका अध्यक्ष यादव प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन मणिश्वर घिमिरेले गरेका थिए ।