ईलाका प्रहरी कार्यालय निजगढले गत असारबाट फरार रहेकी एक अभियुक्त ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका २ घर भई हाल मकवानपुरको बकैया गाँउपालिका वडा नम्बर ४ का जुलेली बस्दै आएकी २४ वर्षिय विमला घिसिङ्ग शाक्य रहेकी छिन ।

लागूऔषध गाँजाको कारोबारमा संलग्न भएर फरार रहदै आएकी शाक्यलाई ईलाका प्रहरी कार्यालयले अढाइ महिनापछि पक्राउ गरेको हो । प्रहरीले मकवानपुर बकैया गाउँपालिकाकी २४ वर्षिय विमला घिसिङ्ग शाक्यलाई ललितपुरको चापागाउँबाट पक्राउ गरी थप अनुसन्धानको लागि शुक्रबार बिहान निजगढ ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिए ।

प्रहरीले चेकजाचको क्रममा प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकलमा लालकाजी घिसिङ्गलाई १३ केजी गाँजासहित गत असार ९ गते नियन्त्रणमा लिएको थियो तर सोही मोटरसाइकलमा सबार भएकी बिमला भने चेकजाचकै क्रममा पिसाब फेर्न जान्छु भनेर जंगलतर्फ लागेर उतैबाट फरार भएकी थिइन ।

अनुसनधानको क्रममा प्रहरीले चापागाउँको एक घरको डेरामा लुकिछिपी बसेको अवस्थामा बिमलालाई पक्राउ गरेर निजगढ ल्याइएको र जिल्ला अदालत बाराबाट म्याद लिएर थप अनुसन्धान भइरहेको निरीक्षक ओलीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा दुबै जना लागूऔषधको कारोबारी भएको प्रहरीले बताएको छ । लालकाजी भने सोही दिनदेखि प्रहरीले हिरासतमा रहदै आएका छन ।

बाराको निजगढबाट पिड्युमा झोलाभित्र राखेको गाँजा बोकेर पूर्व–पश्चिम राजमार्गहुदैँ चपुरतर्फ जादै गरेको मोटरसाइकललाई बारा र रौतहटको सिमामा रहेको धनसार पुल नजिकैबाट लालकाजीलाई पक्राउ गरिएको हो ।

यो पनि पढ्नुहोस

निजगढमा १३ किलो गाँजासहित बकैयाका लाल काजी पक्राउ

प्रतिक्रिया

सम्बन्धित खवर