निजगढ प्रहरीले ‘बच्चा चोर’ को हल्लामा कुनै सत्यता नरहेको जनाएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा रौतहट, पर्सालगायत तराई मधेशमा भारतबाट आएका मानिसहरुको समूहले बच्चा चोर्ने गरेको र प्रहरीले उनीहरुलाई पक्राउ गरि कारवाही गरेको भन्ने खाले भिडियो तथा तस्विरहरु भाइरल भइरहेको छ ।

विशेषगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट देशका विभिन्न सहरहरुमा समुहनै बनाएर मानिसहरु आउने, कतिपय पुरुषहरु महिलाको भेषमा आउने बच्चाहरुलाई खानेकुरा दिएर फकाउने गरेको लगायत जानकारी सहित भिडियो, फोटोहरु पोष्ट गरिएका छन् । ती पोष्टहरु धेरै मात्रामा सेयर पनि भइरहेको छ ।

तर, निजगढ प्रहरीले भने ‘बच्चा चोर’ को बिगिबिगी केवल हल्ला मात्र भएको बताइरहेको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रमुख प्रहरी निरिक्षक संजिव ओलीले भने, ‘स्थानियले बच्चा चोरको आरोपमा समातेर प्रहरीलाई बुझाएकाहरुको अनुसन्धान गर्दा त्यस्तो केही नपाइएको बताउछन् ।’

उनका अनुसार हिजो निजगढ नगरपालिका ८ बाट स्थानियले बच्चा चोरी गर्न लागेको आरोपमा पक्राउ गरेपश्चात प्रहरीमा बुझाएका उनी सोही क्षेत्र वरपर केहीँ दिनदेखी मागेर हिडिरहेकी व्यक्ती थिए ।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दा बच्चा चोरी गर्ने कुनै नियत नदेखिएको बताएको छ ।

‘यस्ता विषयमा नागरिक सचेत हुनु एकदमै राम्रो हो’ निरिक्षक ओलीले भने, ‘तर धेरै शसंकित भएर कसैलाई आक्रमण गर्दा अर्को दुर्घटना हुन सक्छ । त्यसैले शंकाको भरमा कसैलाई कुटपिट नगर्न र आवश्यक परे प्रहरीलाई खबर गर्न आग्रह गरे ।’

‘बच्चा चोर’ को आरोपमा प्रहरीमा बुझाइएका र स्थानियले कुटपिट गरेका अधिकासंं व्यक्तिहरु मागेर खाने, मानसिक सन्तुलन केहि ठिक नभएको प्रहरीको भनाइ छ ।

‘बच्चा चोर’ को आरोपमा नौलो मानिसहरुलाई समात्ने, कुटपिट तथा दुव्र्यहार गर्ने प्रवृति छिमेकी जिल्लामा बढेपछि त्यसतर्फ नागरिक सचेत हुनुपर्ने स्थानियको भनाइ छ । अनायसै शंकाको भरमा कसैलाई कुटपिट या दुव्र्यहार गर्न नहुने संचारकर्मी प्रल्लाद शर्माको भनाइ छ ।

उनले ‘बच्चा चोर’ को हल्ला चारैतिर फैलिदै गएको र अनुहार हेरेर ‘बच्चा चोर’ हो भनेर निर्दोषहरु कुट्ने प्रवृति देखिएकाले जबसम्म आरोप सावित हुँदैन तबसम्म कुटपिट नगरी मानवताको परिचय दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय