नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले आइतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

निजगढ नगरपालिका ९ स्थित उपशाखाको भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ९ महिलासहित ४८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

निजगढ नगरपालिका नगरप्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाका सभापति नारायण शर्मा, कृण्ण खरोल, हरि न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर