यू–१७ नेपाली राष्ट्रिय फुटबल टिममा निजगढका समीर तामाङ समावेश भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार घोषणा गरेको २४ सदस्यीय टोलीमा निजगढका फरवार्ड समीर अटाएका हुन् ।

श्रेष्ठले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप र भियतनाममा हुने एएफसी यू–१७ एसियन कप छनोटका लागि टिम घोषणा गरेका हुन् ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्कुल टोल घर भएका १७ बर्षिय समीर निजगढ फुटबल क्लबका उत्पादन हुन् ।

क्लबले ग्रासरुट स्तरबाट संचालन गरेको नियमित प्रशिक्षणको कारण खेलाडी उत्पादनमा क्लब सफल हुँदै गएको क्लबका प्रशिक्षक सन्तोष गुरुङले जानकारी दिए ।
उमेर समूहको राष्ट्रिय टिममा बाराका खेलाडीहरुले निरन्तर स्थान बनाइरहेका छन् ।

यस अघि एएफसी यू–२० एसियन कप छनोटका लागि नेपाली टोलीमा बाराबाट गोलकिपर युनेस चौधरी, डिफेन्स अजय चौधरी र मिडफिल्डर जन्मजय धामी परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय