एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको निजगढ नगर कमिटीको दोस्रो अधिवेशन भाद्र १८ गते हुने भएको छ । युवा संघ निजगढ नगर कमिटीले निजगढ नगर कमिटीको दोस्रो अधिवेशन भाद्र १८ गते शनिबार गर्ने निर्णय गरेको हो।

अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यता नगर अधिवेशन गरिने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य इराज कोइरालाले जानकारी दिए ।

शनिबार हुने उद्घाटन कार्यक्रमको लागि सम्पूर्ण तयारी सम्पन्न भएको आयोजकले जनाएको छ । आयोजकले निजगढ नगर उद्योग बाणिज्य संघको हलमा उद्घाटन समारोह ११ बजेबाट सुरु हने बताईएको छ ।

नेकपा एमालेललाई बलियो बनाउन र फुटको मनोविज्ञानले पारेको असर र भ्रम चिर्नलाई पार्टीको सन्देश गाँउ गाँउमा पुरयाउन र आउने चुनावमा नेकपा एमालेलाई बारा जिल्लामा पहिलो पार्टी बनाउनको लागि यवा संघको काँधमा आएको ऐतिहासिक जिम्मेबारी पुरा गर्नको लागि संगठनले जोड दिएको केन्द्रिय सदस्य कोइरालाले बताए ।

नेकपा एमाललेलाई सङकटको समयमा जोगाउन र जस्तोसुकै चुनौतीसँग सामना गर्ने खुवी भएको नेता किरण पौडेल पहिले पटक निजगढ आउन लागेका हुन र अधिवेशनमा नेकपा एमाले निजगढ नगर कमिटि, क्षेत्रिीय कमिटि र जिल्ला कमिटिको नेताहरुको समेत उपस्थिति रहेने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर