हिमचुली सानाकिसान कृषि सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । निजगढ ८ स्थित निजगढ बैङ्गकुटमा भएको सो साधारण सभामा सहकारी संस्थाकी अध्यक्ष दुर्गा कुमारी घिमिरे कोइरालाले प्रस्तुत गर्नुभएको प्रगतिप्रतिवेदन, लेखा समितिको तर्फबाट संयोजक रामचन्द्र मण्डलले पेश गरेको लेखा प्रतिवेदनमाथि छलफल गरी पारित गएको छ ।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए । उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्ने आवश्यकता रहेको पनि विचार व्यक्त गरे।

अध्यक्ष घिमिरेको सभाध्यक्षतामा भएको सो साधारण सभामा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोम माया थिङ्ग, जिल्ला समन्वय समिति बाराकी उपप्रुमख चण्डिका उप्रेती, सुर्दशन प्रसाद कोइराला, एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, भोला प्रसाद गौतम, सावित्री भारती लगायतले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको सहजीकरण संचालक समतिका सदस्य अर्जुन अधिकारी र स्वागत सम्झाना थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय