बाराको निजगढ नगरपालिका–८ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागु औषध सहित पक्राउ गरेको हो ।
बारा ट्राफिकका असाई पुस्कर प्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट पथलैयाबाट निजगढ आउदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिका–९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्त बहादुर फुयालले लुकाई छुपाई ल्याउदै गरेको लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ती उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको छ ।
प्रहरीले उनीहरुको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६/२६ थान बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई इलाका प्ररही कार्यालय निजगढमा राखी थप अनुसन्धान भइरहेको छ ।
लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
बाराको निजगढ लागु औषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । यहाँ बाट प्रत्येक दिन लागु औधष सहित युवाहरु पक्राउ पर्ने गरेका छन् ।