निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले बिहीवार निजगढ ११ रतनपुरमा संचालन भइरहेको स्वरोजगारमुलक तालिमको अनुगमन गरेका छन । बैदेशिक रोजगारीबाट फर्किएका युवाहरु लक्षित गरेर निजगढ नगरपालिकाको रतनपुरमा संचालन भइरहेको इलोक्ट्रिसियन र डकर्मी तालिमको नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गसहितको टोलीले अनुगमन गरेको हो ।

नगर प्रमुख पुरीले रोजगारीको लागि तालिम र सीप अतिआवश्यक भएकोले तालिमबाट लाभ लिन सहभागीहरुसंग आग्रह गरे । उनले तालिमपछि व्यवसाय गर्न चाहने युवाहरुलाई नगरपालिकाले लगानीको प्रबन्ध गर्न सहजीकरण गरिदिने बताए ।

युएनडिपी, युरोपियन युनियन र ब्रिटिस काउन्सिलको सहयोगमा निजगढको रतनपुरसहित ४ स्थानमा १ सय युवाहरुलाई कुक, इलोक्ट्रिसियन, प्लम्बिङ्ग र डकर्मीको तालिम संचालन हुदै आएको छ ।

रिटर्नी माइग्रेशन नेपालको व्यवस्थापनमा निजगढ नगरपालिका वडा नम्बर ११, ५, र ८ मा ३ साता अघिदेखि तालिम संचालन हुदै आएको हो । तालिममा साझा व्यवसायी चन्द्रपुर, साना व्यवसायी संघ वीरगन्ज र उद्यम विकास तथा रोजगार सृजना केन्द्र हरिऔन प्रशिक्षकले प्रशिक्षण दिदै आएका छन ।

तालिमपछि सहभागीहरुको परीक्षा लिएर प्रमाणपत्र र १÷१ सेट काम गर्ने समाग्रीसमेत वितरण गरिने रिटर्नी माइग्रेशनको मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरेले जानकारी दिए । उनले तालिमले बैदेशिक रोजगारीबाट फर्किएका निजगढका युवाहरुलाई स्वरोजगार बन्न मद्दत गर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय