
राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढ नगरको अध्यक्षमा गिता भट्टराई चयन भएकी छिन । सोमबार भएको नगर महिला भेलाबाट महिला संगठनको अध्यक्षमा भट्टराई चयन भएकी हुन ।
भेलाले उपाध्यक्षमा विष्णु तिमल्सिना, रेजिना सापकोटा र रामा कुमारी दाहाल चयन गरेको छ भने सचिवमा उमा रेग्मी, कोषाध्यक्षमा दिलमाया पूर्वाछाने मगर, सहसचिवमा सविता सापकोटा र सह कोषाध्यक्षमा अनिता धामीलाई सहित २७ सदस्यीय महिला संगठन नगर समिति गठन गरेको हो ।
भेलाले सदस्यमा पार्वती राई, बसन्ती बडाल, सर्मिला खुलाल, गिता राई, फुलमाया रुम्बा, डोल्मा लामा, लीला राउत, पार्वती सापकोटा, रेजिना खुलाल, सन्ता माया नेपाली, दान कुमारी थापा, निला थापा, खड्क माया विश्वकर्मा, गंगा राउत, कमला लामा, मछिन्द्र राउत, सुनिता लामा, सानु तिमल्सिना र सिता राईलाई चयन गरेको छ ।
भेलामा राप्रपाका केन्द्रीय सदस्य विनोद भारती, केन्द्रीय कार्य सम्पादन समितिकी पूर्वसदस्य सावित्री भारती, राप्रपा मधेस प्रदेश सदस्य बासुदेव तिमल्सिना, राप्रपा बारा क्षेत्र नम्बर १ (क) का अध्यक्ष भक्त दर्लामी, निजगढ नगर कार्य समितिका अध्यक्ष खड्ग प्रसाद उप्रती लगायतको आतिथ्यता रहेको थियो ।