विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले गर्दा अहिले सबैखाले खेलकुद गतिविधि प्रभावित भएको छ ।

भारतमा आयोजना हुने विश्वकै चर्चित र स्टार खेलाडीको जमघट हुने इन्डियन प्रिमियर लिग (आईपीएल) पनि कोरोनाको मारमा परेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) अहिले आईपीएलको भविष्य के हुने भन्ने विषयमा सरकारको निर्यण कुरेर बसेको छ ।

यसअघि नै कोरोना संक्रमणको त्रासले गर्दा आईपीएल अप्रिल १५ सम्मलाई सारिएको थियो । तर भारत सरकारले अप्रिल १५ सम्म नै लकडाउन गर्ने र अझै बढाउने पनि सम्भावना छ । त्यसैले अहिले आईपीएलको भविष्य अन्योलमा परेको छ ।

‘अहिलेको लागि आईपीएल अप्रिल १५ सम्म स्थगित छ । सरकारको निर्णय के हुन्छ कुरिरहेका छौं त्यसपछि अगाडि बढ्नेछौं’  बीसीसीई स्रोतले टाइम्स अफ इन्डियालाई भनेको छ ।

बिहीबार मात्र ओडिसा राज्यले लकडाउन अप्रिल ३० सम्मलाई लम्ब्याएको छ । त्यसपछि पञ्जाब, तेलङ्गना र महाराष्ट्रले पनि लकडाउन बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय