
राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टा भित्र ताला खोलि काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी दिएको हो ।
विगत १४ दिन देखि भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेको तथा नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्ष लगाएत कार्यपालिका सदस्य घमण्डका कारण नगरपालिकाबाट सर्व साधरणले पाउनुपर्ने सेवाबाट बन्चित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य बिनेद भारतिले बताए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष खड्ग प्रसाद उप्रतीले तत्काल ताला खोलेर काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । यदि ताला नखोलेमा राप्रपा निजगढले ताला खोल्न र दुबै पक्षसँग आवश्यक समन्वय गर्न तयार रहेको बताए ।
उनीहरुले ताला खोल्न, नियमित काम काज सुचारु गर्न र बिभिन्न बहानामा गरिएको तालावन्दीको बिरोध समेत गरेका छन् ।
राप्रपा निजगढले आज निजगढ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद देवकोटालाई ज्ञापन पत्र समेत बुझाएका छन ।
ज्ञापन पत्र बुझाउदै राप्रपा निजगढले जनताको सेवा प्रवाहका लागि तालाबन्दी खोलेर बातावरण सहज गराउन समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकोटालाई आग्रह गरेका छन ।
ज्ञापनपत्र बुझाउन राप्रपाका केन्द्रीय सदस्य विनोद भारती, केन्द्रीय कार्य सम्पादन समितिकी पूर्वसदस्य सावित्री भारती, राप्रपा मधेस प्रदेश सदस्य बासुदेव तिमल्सिना, राप्रपा बारा क्षेत्र नम्बर १ (क) का अध्यक्ष भक्त दर्लामीलगायतको उपस्थिति रहेको थियो ।