आगामि प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुले आआफ्नो घोषणा सुरु गरिसकेका छन् । यहीबीच प्रतिनिधि सभा निर्वाचनमा डा. राकेश न्यौपानेले पनि उम्मेदवारी दिने तयारी गरेका छिन् ।

२०७४ साल देखी बाबुराम भट्टराईको स्वास्थ्य सल्लाहकारको रुपमा काम गरेका डा. न्यौपाने काठमाडौंका बिभिन्न अस्पातलमा समेत काम गरिसकेका छ्न । बिगत लामो समय देखी काठमाडौं बस्दै आएका निजगढ नगरपालिका वडा नम्बर ८ घर भएका डा. न्यौपाने यो पटका बारा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी गरेका छन ।

अब हुने प्रतिनिधिसभा निर्वाचनमा चाहिँ उनले स्वतन्त्र उम्मेदवार भएर चुनावमा जाने योजना बनाएको उनी निकटहरुले तयारी सुरु गरेका छन् ।

‘स्वतन्त्र उम्मेदवारी दिने भएकाले घोषणा पनि अब छिट्टै हुन्छ,’ डा. न्यौपानेसँग नजिक रहेर काम गरिरहेका एक सदस्यले भने, ‘हामीले त्यसको तयारी गरेका छौँ । केही समयमा उम्मेदवारी घोषणा हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय