ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरका ओमप्रकाश (ओम) गुरोलाई पक्राउ गरेको छ ।

ठगी मुद्दामा जिल्ला अदालत बाराबाट ३ वर्ष ५ महिना कैद फैसला भएपछि फरार रहदै आएका गुरोलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले शुक्रवार घरबाटै पक्राउ गरेको हो ।

त्यसैगरी निजगढ प्रहरीले फरकफरक मुद्दाका थप २ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक संजिव ओली नेतृत्वको टोलीले ओम गुरो सहित निजगढ नगरपालिका वडा नम्बर ११ बस्ने ५२ वर्षिय अधिराम गुरो र जिल्ला रौतहट गुजरा नगपालिका जंगलसैया निवासी ६८ वर्षिय कृष्ण महत्तोलाई पनि पक्राउ गरेको हो ।

अधिराम वन मुद्दाका फरार प्रतिवादी हुन भने महत्तो लागु औषध मुद्दामा सजाय फैसलापछि फरार रहदै आएको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाराले २०७० साल पौष १२ गते गुरो विरुद्ध १० हजार २७५ रुपैंयाँ जरिवाना र एक महिना कैद सजाँय सुनाएको थियो । यस्तै महत्तोविरुद्ध ५ हजार जरिवाना सहित १० महिना २३ दिन कैदफैसला भएको छ ।

उनीहरुलाई निजगढ नगरपालिका १३ भक्तलाल र शक्ति खोला नजिकैबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय