लायन्स क्लब अफ निजगढ युथले निजगढ नगरपालिका वडा नम्बर २ स्थित लेकप्रिय आधारभूत विद्यालयमा शनिवार आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १८५ जनाले स्वास्थ्य परीक्षण गराएका छन ।
शिविरमा एम.बी.बी.एस, एम.डी एनडोक्रानोलोजीष्ट डा. राजिव यादव लगायतको चिकित्सकीय टोलीले विरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।
शिवीरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, मुटु रोग, थाइरोइड, मधुमेह लगायतका बिरामीहरुको परीक्षण गरिनुको साथै औषधिसमेत वितरण गरिएको लायन्स क्लब निजगढ युथका प्रेसिडेन्ट जनक श्रेष्ठले जानकारी दिए ।
शिवीर कार्यक्रममा लायन्स क्लब अफ निजगढको प्रेसिडेन्ट अरुण सर्राफ, लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट विनोद घिमिरे, लायन्स क्लब अफ निजगढ सिटीका पदाधिकारी र निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ डिस्टिक कोडिनेटर विनोद भारती, डिस्टिक चियरपर्सन प्रभात सिग्देल, पास्ट जोनचियरपर्सन कैलाश बहादुर तिमल्सिना, पास्ट प्रेसिडेन्ट मणिश्वर घिमिरे, मनोज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
शिवीर शुरु हुनुअघि लायन बिरु बज्राचार्यको असामयिक निधनको शोकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।