निजगढ नगरपालिका वडा नं २ स्थित लेकप्रिय आधारभुत विघालयमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

लायन्स क्लब अफ निजगढ युथको आयोजनामा शनिबार हुन लागेको निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, मुटु रोग, थाइरोइड, मधुमेह लगाएतका सेवा उपलब्ध गराइने लायन्स क्लब अफ निजगढ युथका प्रेसिडेन्ट जनक श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य शिविरमा एम.बी.बी.एस, एम.डी एनडोक्रानोलोजि डा. राजिव यादव लगायतको चिकित्सकीय टोलीले सेवा दिने शिबिर संयोजक प्रकाश रौनियारले जानकारी दिए ।

लायन्स क्लब अफ निजगढ युथका पास्ट प्रेसिडेन्ट ईराज कोइरालाका अनुसार स्वास्थ्य शिविरमा आएका सेवाग्राहीको चिकित्सकको सल्लाह अनुसार सुगरको निःशुल्क जाँच तथा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने तयारी रहेको जानकारी दिए । उनले लायन्स क्लब अफ निजगढ सिटी र निजगढ नगरपालिका वडा नम्बर २ को सहकार्यमा हुने यस शिविरमा प्राविधिक सहयोग डा. यादबको रहेको बताएका छन ।

शनिबार बिहान ९ बजेदेखि शुरु हुने शिविर दिनको २ बजेसम्म सञ्चालन हुनेछ । शिविरबाट निजगढ नगरपालिका सिंगौलमा रहेको वडा नम्बर १, २ र ३ का जनता लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय