जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका ४ का २० वर्षीय (परिवर्तित नाम) राकेश माझि पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा प्रहरीले माझिलाई उनकै घरबाट लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको हो ।

जिल्ला अदालत बाराको २०७७ मंसिर २८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष १० महिना २९ दिन कैद र ६ हजार ६ सय ६६ रुपया ६६ पैसा जरिवाना ठहर भई फरार रहेका माझिलाई बुधबार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

माझिलाई फैसला कार्यान्वयनका लागि बुधबारनै बारा जिल्ला अदालत कलैयामा पेस गरि कैद तथा जरिवाना भुक्तानका निम्ती बिरगंज कारागारमा पठाईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय