बाराको निजगढ नगरपालिकाबाट प्रहरीले मगंलबार बिहान अबैध लागुऔषध गाँजा र एउटा अटो सहिँत दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं.१ जिंगडवा टोल बस्ने ७५ वर्षिय गुनैर बैठा धोबी र तस्करीमा संलग्न अटोका चालक रहेका छन् ।

बिहान करिब ७ बजेको समयमा अस्थाई प्रहरी पोष्ट रतनपुरका प्रहरी सहायक निरिक्षक धनिकलाल ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले रतनपुरबाट निजगढ तर्फ आउँदै गरेको प्र.२–०३–००१.ह..१०३७ नम्बरको अटो माथि शंका लागि रोकेर चेक जाँच गर्ने क्रममा अबैध लागुऔषध गाँजा गरेको हो ।

प्रहरीले धोबीको शरिर खानतलासी गर्दा अन्दाजी ५ सय ग्राम लागुऔषध गाँजा पलाष्टीकमा बेरेर पेटमा बाँधी ल्याई रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीले धोबीलाई गाँजा सहिँत नियन्त्रणमा लिएर तस्करीमा संलग्न अटो र अटो चालकलाई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय निजगढमा बुझाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिए ।

लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय