निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिरी गराउनुपर्ने माग राख्दै आएका नगरपालिकाका कार्यपालिका सदस्यहरुले नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षमा आज तालबान्दी गरेका छन ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा थमैति भएर निजगढ आएका अधिकृत सुमनकुमार कार्कीलाई नगर प्रमुख पुरीले हाजिर नगराउने अडान लिएपछि विरोधमा कार्यपालिकाका बहुमत सदस्यहरुले नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गको कार्यकक्षमा ताला लगाएका हुन ।

उनीहरुले नगर प्रमुख र उपप्रमुखको कार्यकक्षको ढोकामा माग पत्र पनि टाँस गरेका छन ।

तालाबन्दी गर्दै निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानले प्रमुख प्रशासकीय अधिकृतको अभावमा निजगढ नगरपालिकामा विकास निर्माण लगायत अन्य सबै कार्य प्रभावित बनेको बताए ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको साउन ११ गतेको निर्णयानुसार बाराको पचरौता नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कार्कीले सो निर्णय उल्टाउदै फेरि निजगढमा नै फर्किन लागेपछि नगरपालिकामा विवाद सृजना भएको हो ।

कार्कीको स्थानमा मकवानपुरको थाहा नगरपालिकाकाबाट सरुवा भएर निजगढ आएका हरिलाल पुरीले कार्यालयमा उपस्थित भएर हाजिरीसमेत गरिसकेको अवस्थामा मन्त्रालयले कार्कीलाई फेरि निजगढमा नै थमौति गरेको हो ।

नगर प्रमुख पुरीले भने सरुवा भएर गएका अधिकृत कार्कीलाई हाजिर गराउन नसकिने व्यहोराको पत्र मन्त्रालयमा पठाएका छन ।

यसअघि पनि मन्त्रालयको सरुवा निणर्य ४ पटकसम्म उल्टाएर निजगढमा बस्दै आउनुभएका प्रमुख प्रशासकीय कार्कीको निजगढ मोहलाई लिएर स्थानीयले प्रश्न गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय