प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ११ स्थित रतनपुर तामागढी सडकखण्डबाट २ जनालाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा शनिबार अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जङगलबाट प्रहरिले २ जनालाई पक्राउ गरेको हो ।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भईरहेको विशेष सूचनाको पाए लगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाईकललाई चेकजाच गदा निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्त बहादुर लुम्बाले बोकेको झोला खानतलाशी गर्दा २ किलो गाजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक बिशाल बानियाले जानकारी दिए ।

लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर