निजगढ नगरपालिककानगर प्रमुख सुरथ पुरीले वडा नम्बर ४ मोहोरी स्थित गणेशमान पार्कको आज स्थलगत निरीक्षण गरेका छन । अज्ञात समुहले गणेशमान सिंहको सालिक वरिपरि रहेको स्टील रेलिङ, मार्बल, सिमेन्टको कुर्सी तोडफोड गरेपछि नगर प्रमुख पुरी सहित उपप्रमुख सोम माया थिङ्गको टोलीले सो क्षेत्रको निरीक्षण गरेको हो ।

निरीक्षणपछि नगरप्रमुख पुरीले दोषिपत्ता लगाएर कारवाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन ।

अज्ञात व्यक्तिहरुले बुधवार रातिपार्कमा रहेको गणेशमान सिंहको सालिक बरिपरिको स्टीलको रेलिङ र सिमेन्टको कुर्सी भाच्नुको साथै सालिक मुन्तिर बिछ्याइएको मार्बल समेत फुटाएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

गणेशमान श्रेष्ठको पूराकदको सालिकमा भने कुनै क्षति पुर्याइएको छैन । पार्कमा घुम्न गएका स्थानीयले तोडफोड भएको देखेपछि हिजो बिहान प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी कार्यालय निजगढको टोली पनि हिजो नै घटनास्थलको निरीक्षण गरेर फर्किएको प्रहरी सहायक निरीक्षक पेसल कुमार बानियाले जानकारी दिए । उनले तोडफोडमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाहीको पार्क व्यवस्थापन समितिका अध्यक्ष सागर गौतमले प्रहरीमा निवेदन दिएको र आवश्यक अनुसन्धान भइरहेको बताए ।

निजगढ नगरपालिका कार्यालयको सहयोगमा निर्माण भएको सो पार्क निजगढको प्रमुख पर्यटकीय गन्त्यको रुपमा रहेको छ । मोहोरी पार्कमा गणेशमानको सालिक सहित पूर्वाधार निर्माणको कार्य हुदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय