राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढले सरकारविरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ । राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा निजगढमा विरोधमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

निजगढको शहिद चोकदेखि बुद्ध चोक सम्म र्याली निकालेर विरोध प्रदर्शन गरिएको राप्रपा निजगढ नगर कमिटीका अध्यक्ष खड्ग प्रसाद उप्रतीले जानकारी दिनुभयो ।

संसदबाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पु¥याउने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नागरिकता कागजको खोस्टो मात्र होइन भन्दै उनीहरूले प्रदर्शन गरेका छन्।

नागरिकता विधेयकको बुदाँहरु विवादास्पद, अनुचित र राष्ट्रहित विपरित भएको बिरोधमा प्रदर्शन गरिएको उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले निधारमा कालोपट्टी बाधेका थिए । प्रदर्शनका क्रममा संवैधानिक राजसंस्था कायम गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय