निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरीले मन्त्रालयको सरुवा निर्णय उल्टाएर फेरि निजगढमा आउने प्रयासमा लागेका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई कार्यालयमा हाजिर हुन नदिने अडान दोहोर्एका छन ।
अधिकृत कार्कीलाई हाजिर गराउनु पर्ने माग राखेर नगर प्रमुख पुरीलाई ज्ञापनपत्र बुझाउन पुगेका नेपाली कांग्रेस पार्टीको तर्फबाट नगर कार्यपालिकमा निर्वाचित कार्यपालिका सदस्यहरुसंग कुरा गर्दै नगर प्रमुख पुरीले हिजोे सो कुरा बताएका हुन ।
‘कार्यालयको काममा जनप्रतिनिधिहरुलाई असहयोग गर्दै आएका थिए, उनले भने, जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई राखेर जनताको अपेक्षाअनुसार नगरमा विकास निर्माणको काम गर्न सकिदैन ।’ प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिहरुलाई नीति निर्माणमा सहयोग गरी सोको प्रभावकारी कार्यान्वयनमा सहयोगी भूमिका निर्वाहा गनुर््पर्ने अवस्थामा उल्टै असहयोगी बनेको बताए ।
नगरपालिकामा विगत २ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कार्कीले नीति, कार्यक्रम एवं बजेट निर्माणमा उदासिनता देखाउने, कर्मचारीहरुमा ध्रुवीकरण गराउने, डर त्रास देखाउने एवं नगर प्रमुखलाई नगरपालिका एवं नगरबासीको हितमा गरिने विभिन्न कार्यहरु समेतमा सहयोग नगरेको पनि बताए ।
उनले कार्कीको ठाउँमा मन्त्रालयले पठाएको अर्का प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई हाजिर गराइसकेको भन्दै कसैको व्यक्तिगत इच्छा र आंकाक्षा पुरा गर्न जो कोहीलाई कार्यालयमा हाजिर गराएर कामकाजमा लगाउन नसकिने कुरामा जोड दिए ।
कार्यपालिका सदस्यहरुले मेयर पुरीलाई बुझाएको ज्ञापनपत्रमा प्रशासकीय अधिकृतको अभावमा कार्यालयको दैनिक काम प्रभावित बनेको र सेवाग्राही मार्कामा परेको उल्लेख छ ।
निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानको नेतृत्वमा कार्यपालिका सदस्यहरुको टोलीले नगर प्रमुख पुरीको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
एक साताअघि बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका कार्की गत आइतवार मन्त्रालयको सचिवस्तरीय निर्णय उल्टाएर फेरि निजगढमा नै थमौति भएको हो ।
यसअघि पनि ४ पटकसम्म मन्त्रालयको सरुवा निणर्य उल्टाएर निजगढमा बस्दै आएका प्रमुख प्रशासकीय कार्कीको निजगढ मोहलाई लिएर स्थानीयले आशंका गरेका छन ।