चपुर देखि निजगढ सम्म ३३ के.भी प्रसारण लाईनमा बुश कटिङ गर्नुपर्ने भएकोले निजगढ नगरपालिका क्षेत्रभित्र शनिवार बिहानबाट ८ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण निजगढ वितरण उपशाखाले एक सूचना निकाली ३३ के.भी प्रसारण लाईनमा मर्मत गर्नुपर्ने भएकोले शनिवार बिहान १० बजेबाट साँझ ६ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणले अमलेखगंज सबस्टेशनबाट बजार फिडर १ र ग्रामिण फिडर नम्बर ३ बाट विद्युत आपूर्तीको ब्यवस्था गर्ने तर उक्त लाइनमा पनि कुनै समस्या उत्पन्न भएमा नगर भित्रका सबै फिडरबाट विद्युत आपुर्ति बन्द रहने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय