निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनुभएका उपसचिव हरिलाल पुरीले आज कार्यालयमा हाजिरी भएका छन । प्रमुख प्रशासकीय अधिकृत पुरीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटासहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

कार्यालयका आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै अधिकृत पुरीले सुशासन कायम गर्दै निजगढ नगरपालिकामा प्रभावकारी सेवा संचालन गर्ने बताए ।

उनले निजगढ नगरपालिकालाई सबै क्षेत्रमा अब्बल बनाउने पनि बताए । आफूले यसअघि काम गरेका सबै पालिकामा स्मरणयोग्य काम गरेको बताउदै जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा निजगढलाई पनि १ नम्बरको पालिका बनाउने उनको भनाइ थियो । अधिकृत पुरीले कार्यालयका सबै शाखाको निरीक्षण पनि गरेका छन ।

मकवानपुरको पालुङ्ग नगरपालिकाबाट सरुवा भइ आएका उपसचिव पुरीसंग देशका विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजगढसहित देशभरका ३४ जना उपसचिवको सरुवा गर्ने क्रममा पुरीको निजगढमा सरुवा भएको हो । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको भने बाराको पचरौता नगरपालिकामा सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय