निजगढ नगरपालिकाका युवा सरसफाइ अभियानमा जुटेका छन् । निजगढबाट सिंगौल जाने मार्गसँग बिच भागमा जोडिएको सुके पोखरीको सरसफाइमा स्थानीय युवा जुटेका हुन् ।

निजगढबाट सिंगौल जाने मार्गसँग जोडिएको सुके पोखरीलाई सुन्दर सफा, सभ्य गाउँका रुपमा विकास गर्ने उद्देश्यले पूर्ण सरसफाइ अभियान सुरु गरेको स्थानीय सर्जु थापाले बताए ।

पोखरीमा वनका घास, लहरा, झारी, प्लाष्टिकजन्य फोहोर तथा अन्य फोहोर जथाभावी फाल्दा पोखरी लगाएत यसको वरपर समेत दुर्गन्धित भएपछि युवा थापाको पहलमा सुके पोखरी सजाउ अभियान एक महिना पहिला सुरु गरेका थिए ।

उनले सामाजिक संजालबाट नियमित रुपमा अभियानको सूचना गर्नुका साथै प्रत्यक शनिबार पोखरी फेला पारेको फोहोर संकलन, सरसफाई गर्दै आएका छन् । यस्तै यस अभियानलाई बिभिन्न क्लब, अभियानता र स्वस्फुर्त रुपमा युवाहरु यो अभियानमा सहयोग गर्दै आएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय