
निजगढ नगरपालिका–८ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा नेपाल महिला विकास संस्थाको २६ औं स्थापना दिवस मनाईएको छ । कार्यालयमा संस्थापक अध्यक्ष स्वर्गिय नेत्र कुमारी पौडेलको सम्झनामा उनको तस्बीर मन्दिरमा राख्दै मनाएको हो ।
नेपाल महिला विकास संस्थाकी अध्यक्ष इन्दीरा बरालको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष स्बर्ण लामा, नेपाल महिला विकास संस्थाकी सल्लाहाकार दुर्गा कोइराला, पुर्व नगर उपप्रमुख लिला देबी लामिछाने खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्थापना दिवसको अवसरमा संस्थाले संस्थापक अध्यक्ष स्वर्गिय पौडेलको स्मरणमा २० हजारको अक्षयकोष स्थापना समेत गरेको छ । कार्याक्रमको सन्चालन संस्थाकी सदस्य सरीता राईले गरेकी थिईन ।