नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्ताव्दारा निजगढ नगरपालिका वडा नम्बर १२ मा रामबहादुर दोङ्गको खेतमा श्रमदान गरेका छन । विप्लवका कार्यकर्ताले पार्टीको श्रमदान गर्नुपर्ने नीति अनुसार १२ का दोङ्गको खेतमा बुधवार धान रोपाइँ गरेका हुन ।

विप्लव पार्टीलाई आत्मनिर्भर बनाउन अनिबार्य श्रमदानमा भाग लिनु पर्ने र जनतालाई अनिवार्य श्रममा भाग लिन प्रेरित गर्ने उदेस्यले कार्यक्रम गरेको जिल्ला सेक्रेटरी भिष्म साही (विक्रम)ले जानकारी दिए ।

उनले पार्टीका नेता तथा कार्यकर्ताले हरेक महिनामा एकदिन श्रममा सहभागी हुनुपर्ने निर्णय अनुसार स्थानीय किसानको खेतमा रोपाइँगरिएको बताइएका छन ।

कार्यक्रममा जिल्ला समितिका सबै सदस्यहरु, निजगढ नगर र सेल सदस्य गरि जम्मा ४५जनाको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय